Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘विकास आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा सरकारको लापरबाही’


0
Shares

काठमाडौं, मंसिर १ । व्यवस्थापिका–संसदको विकास समितिले सरकार समितिले दिएको निर्देशन कार्यान्वयनमा गम्भीर नभएको भन्दै निर्देशनहरुको प्रतिवेदन तयार गरी संसदमा पेस गर्ने भएको छ ।

समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रवीन्द्र अधिकारीले संसदमा पहिलोपटक प्रतिवेदन प्रस्तुत् गर्न लागिएको जानकारी दिए ।

उनले कतिपय विकास आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा सरकारको लापरबाही र खराब नियत रहेको आरोप पनि लगाए ।

सो अवसरमा समितिले सरकारलाई विभिन्न समयमा दिएका निर्देशनहरु कार्यान्वयनको अवस्थाबारे जानकारी गराइएको थियो ।