
काठमाडौं, असार २४ । प्राविधिक शिक्षाप्रति विद्यार्थीलाई आकर्षित गर्न सरकारले आजदेखि देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान शुरु गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेको अभियान अन्तर्गत आज देशभर विभिन्न जागरणका कार्यक्रम सञ्चालन गरिएको छ ।
यसै क्रममा काठमाडौंमा प्रभातफेरीसमेत आयोजना गरिएको छ । ‘प्राविधिक शिक्षा, वर्तमानको आवश्यकता’ भन्ने मुख्य नाराका साथ प्रभातफेरी निकालिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिटिईभीटीले संयुक्त रुपमा वीर अस्पताल अगाडिबाट निकालेको प्रभात फेरी जमलमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा प्राविधिक शिक्षक, विद्यार्थी र विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि सहभागी थिए ।
देशव्यापी रुपमा गुणस्तरीय प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै लैजाने सिटीईभिटीले जनाएको छ ।
कार्यक्रममा सहभागी भएकाहरुले देश विकासको मुख्य आधार प्राविधिक शिक्षा भएकाले विकास र समृद्धिको लक्ष्यलाई पुरा गर्न प्राविधिक शिक्षालाई नै प्राथमिकता दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्