
काठमाडौं, मंसिर २ । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र कान्तिबाल अस्पतालमा जचाउनका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
कान्ति अस्पतालले एक साताअघि र वीर अस्पतालले बुधबारदेखि ‘क्यु सिस्टम’ अर्थात् कुपन प्रणाली लागू गरेपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।
नयाँ प्रणालीअनुसार अस्पताल पुग्नेबित्तिकै डिजिटल कुपन लिएर टिकट काउन्टरमा आएको डिस्प्लेअनुसार आफ्नो पालामा गएर टिकट लिन सकिन्छ ।
सोही टिकटमा बहिरंग विभागको पालो नम्बर पनि उल्लेख गरिने अस्पतालले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्