काठमाडौं, चैत १३ । नेपालका लागि होन्डा मोटरसाइकलको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले सन्चालन गरेको ‘सम्बन्ध सपनाहरुको’ उपहार योजनाको ५० लाख रुपैयाँ जित्ने विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रम गरी ५० लाख विजेता काभ्रेका विशाल थापालाई पुरस्कार हस्तान्तरण गरेको हो ।
गएको माघ २५ देखि फागुन २५ गतेसम्म सन्चालित यो उपहार योजनामा २५ हजारजना सहभागी भएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्