Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पुनःनिर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित


0
Shares

काठमाडौं, चैत १३ । पुनःनिर्माणमा खटिएका प्राविधिकहरुले आन्दोलन स्थगित गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत् पुनःनिर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका हुन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच सहमति भएको प्राधिकरणले जनाएको हो ।

पुनःनिर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन प्राधिकरणको नेतृत्वले पूर्णप्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन् ।