रसुवा, मंसिर ३ । चार दिनदेखि बन्द रहेको रसुवागढी नाका शुक्रबारदेखि पुनः सन्चालनमा आएको छ ।
चीनतर्फको सडकको स्तरोन्नतिका लाडि विस्फोटको काम भएको भन्दै नेपालबाट केरुङतर्फ जाने सबैखाले सवारी–साधन बन्द गरिएको थियो ।
चार दिनपछि सडक खुलेकाले केरुङतर्फ सामान लिन जाने मालबाहक कन्टेनरको लामो लाइन लागेको छ ।
चीनतर्पm सडक निर्माणको काम जारी रहेकाले बिहान एक घन्टा तथा रातिमात्र यातायात सुचारु रहने प्रहरी उपरीक्षक प्रवेश विष्टले बताए ।





प्रतिक्रिया दिनुहोस्