काठमाडौं, मंसिर ३ । टुर तथा ट्राभल व्यवसायीहरुहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले स्थापनाको ५०औं वर्षगाँठ भव्यरुपमा मनाउने भएको छ ।
नाट्टाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पर्यटनलाई राष्ट्रिय प्राथमिकताको उद्योगको रुपमा विकास गर्ने उद्देश्यले स्वर्णमहोत्सव धुमधामका साथ मनाउने जानकारी दिएको हो ।
यही मंसिर २४ गते काठमाडौंमा मनाइने दिवसको अवसरमा विश्वका पर्यटन व्यवसायी संगठन (उफ्टा), अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीलगायतबाटसमेत प्रतिनिधिहरु सहभागी हुने पनि जनाइएको छ ।
यसैबीच, मकालु तथा कन्चनजंगा हिमालको स्वर्णमहोत्सवको अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले शुक्रबार राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।
यस्तै, नेपालको हिमाली पर्यटन, जलवायु परिवर्तनले पारेका असरलगायतका विषयमा काठमाडौंमा शुक्रबारदेखि अन्र्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।





प्रतिक्रिया दिनुहोस्