काठमाडौं, मंसिर ३ । शुक्रबार सुनको मूल्य पुनः ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य विहीबार तोलाको ५५ हजार ६ सय रुपैयाँमा स्थीर रहेको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्