
काठमाडौं, मंसिर ३ । एप्पलको आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा पनि भित्रिएको छ ।
एप्पलका लागि नेपालको अधिकृत विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेसनले यी सेट नेपाली बजारमा भित्र्याएको हो ।
आइफोन सेभेन र सेभेन प्लस पाँच रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आइफोन सेभेनको स्थानीय बजार मूल्य ९१ हजार रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ र सेभेन प्लसको १ लाख ८ हजारदेखि १ लाख ३६ हजार ५ सय रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्