धादिङ, मंसिर ४ । धादिङमा करनेसन, स्टाटीस, गडेक्स, जलभेरा जस्ता विदेशी जातका फूलको ब्यवसायीक खेती गर्न थालिएको छ ।
बजारमा माग बढेसँगै धादिङका स्थानीयले यस प्रकारका फूलको ब्यवसायिक खेती सुरु गरेका हुन् ।
सामान्य किसानले ठूलो लगानी गर्न नसक्ने भन्दै सामूहिक रुपमा धादिङको नौविसेमा यस प्रकारका जातका फूलको खेती थालिएको हो ।
नेपालमा फूल खेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएपछि धादिङका किसानले काठमाडौको बजारलाई लक्षित गरी विदेशी प्रजातीका फूलको खेती गर्न थालेका हुन् ।
चार वर्ष अघिदेखि करिब आठ करोडको लागतमा सुरु गरेको ब्यवसायीक विदेशी फूल खेतीबाट किसानले बल्ल आम्दानी लिन थालेका छन् ।
अहिलेसम्म उनीहरुले फूल बिक्रीबाट प्रतिवर्ष ७० लाखदेखि एक करोडसम्म आम्दानी लिने गरेको बताएका छन् ।
मौसमी फूल खेती गर्दै आएका किसानले कम्तिमा पनि दुई लाख आम्दानी गर्ने गरेको बताउँछन् । काठमाडौको ४० प्रतिशत बजार त धादिङको फूलले नै ओगटेको दावी किसानको छ ।





प्रतिक्रिया दिनुहोस्