२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


जोकोभिचलाई हराँउदै मरेले जिते वर्षको अन्तिम टेनिसको उपाधि


0
Shares

काठमाडौं, मंसिर ६ । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी विश्व टुर फाईनल्सको उपाधि एण्डी मरेले जितेका छन् ।

बेलायतको राजधानी लण्डनमा आइतबार सम्पन्न प्रतियोगिताको फाईनलमा सर्वीयन खेलाडी नोभाक जोकोभिचलाई हराँउदै मरेले विश्व वरियताको शिर्ष स्थान समेत जोगाएका छन् ।

यो खेल गुमाएको खण्डमा मरे विश्व वरियताको शिर्ष वरियताबाट दोस्रो स्थानमा झर्ने थिए । वर्षको अन्तिम प्रतियोगिताको उपाधि जित्नेक्रममा मरेले जोकोभिचलाई ६÷३ र ६÷४ को सोझो सेटमा हराए ।

मरेको यो जीतसँगै जोकोभिचको चार प्रतियागितासम्म चलेको जीतको श्रृंखरा रोकिएको छ ।

विश्व टुर फाईनल्सको पछिल्ला चार प्रतियोगितामा जोकोभिच अपराजित थिए । यो प्रतियोगितामा सर्वाधिक लगातार ६ उपाधि जित्ने किर्तीमान भने रोजर फेडेररको नाममा रहेको छ ।