Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


षडानन्द सिताराम गुठीको विवाद सतहमा


0
Shares

काठमाडौं, मंसिर ६ । जिल्लाको षडानन्द नगरपालीकामा अवस्थित षडानन्द सिताराम गुठीको जग्गा र वन अतिक्रमण गरी बस्ति बसाउने क्रम बढ्न थालेको छ ।

केहि बर्ष स्थिर रहेको अतिक्रमण गर्ने क्रम पछिल्लो समय फेरी अगाडि बढ्न थालेपछि स्थानीय वासी र गुठी समिति बिचको बिवाद सतहमा पुगेको छ ।

गुठीको संरचना ध्वस्तहुदै जानु र गुठीको जग्गा भित्र घर बन्नुलाई स्थानीय बासी र बुद्धिजिबिहरुले षडानन्द सिताराम गुठी समितिले आर्थीक हिनामीनाको हुनसक्ने संकेत गरेपछि नागरीक र समिति विचको मतभेत चुलिएको छ ।

एक बर्ष यता समितिको आडमा रहि गुठीको जग्गा अतिक्रमण गरि नरेन्द्र तामाङ्ले घर बनाएको बिषयमा बिवाद चुलिएको गुठी समितिका अध्यक्ष किशोर राईले बताए ।

उनले आफुलाई लगाएको आरोपको खण्डन गर्दै भने ‘१३ बर्ष अगाडि सुवास बस्नेतले गुठीको जग्गामा पुलहाउस बनाउदा कसैले नदेख्ने आज नरेन्द्र तामाङ्लाई घर बनाउन दिदाँ चौतर्फि विरोध गर्नुको कुनै औचित्य छैन ।

तर मेरो चरित्र हत्या गर्न आर्थीक हिनामीना गरि घर बनाउने स्वीकृत दिएको भन्ने आरोपमा कुनै तुक छैन ।’

षडानन्द सिताराम गुठीका अध्यक्ष राईले थपे ‘आफुले काम गर्दै जाँदा केहि गल्ती भएको अवस्य छ तर गुठीको सम्पतिमा एक रुपैयाँ भ्रष्टाचार गरेको भए जस्तो सुकै सजाय भोग्न तयार छु ।’

अध्यक्ष राईले अरुलाई गग्गामा व्यवसाय गर्न दिने र बनाउन दिने तर तामाङ्लाई नदिने भन्ने कुरा तर्क संगत नभएको पनि बताए ।

उनले आफ्नो कार्यकालमा समर्ग गुठी सुधार गर्न लागी परेको भन्दै सबैले सहयोग गर्नुपर्ने धारणा समेत राखे ।

षडानन्द सिताराम गुठीमा आएको १८ सय रोपनि जग्गा भएपनि बिगत १० बर्ष देखि आमदानी एक रुपैया पनि देखिएको छैन् ।

पटक पटक समिति परिवर्तन भै राजनीतिक छत्रछायाँमै आएपछि स्थानीयले समिति प्रति आरोप प्रत्यारोप गर्दै आएका छन् ।

अध्यक्ष राईले गुठीको सम्पती संकलन गर्न लागी पर्ने समेत बताए । उनले गत बर्ष सम्म संकलित रकम कर्मचारी र पसलमा रहेको बाँकि तिर्दैमा ठिक्क भएको पनि बताए ।

१८ सय रोपनि जग्गा भएको र आर्थीक आमदानी संकलन गरेको समितिले बताउदै आएपनि चन्दा संकलन गरेर पुहन गुरुकुल शिक्षा संचालन गरिएको छ ।