
काठमाडौं । अफ्रिकी मुलुक अल्जेरियामा राजनीतिक संकट चुलिदै गएको छ ।
मुलुकका सेनाप्रमुखले राष्ट्रपति अब्दुलाजिज बुटेफिकालाई शासन सत्ता समाल्न अयोग्य रहेको घोषणा गर्न माग गरेपछि संकटले नयाँ मोड लिएको हो ।
एक टेलिभिजन अन्तर्वाताको क्रममा सेनाप्रमुख अहमद गाइद सालाहले राष्ट्रपति बुटिफिका स्वास्थ्यका कारण सत्ता समाल्न अयोग्य रहेकोले नयाँ बिकल्प खोज्नुपर्ने बताए ।
अल्जेरियामा राष्ट्रपति विरुद्ध विगत केही हप्तादेखि प्रदर्शन भईरहेको छ । संवैधानिक परिधिमा रहेर नयाँ निकास खोज्नुपर्ने सेनाप्रमुख सालाहको भनाईपछि संकटले नयाँ मोड लिएको छ ।
अल्जेरियाको संविधान अनुसार राष्ट्रपति शाशन समाल्न अयोग्य प्रमाणित भए संवैधानिक परिषद्ले राष्ट्रपतिको पद रिक्त भएको घोषण गर्न सक्छ ।
यसले नयाँ चुनावी प्रक्रिया सुरु गर्नेछ । विगत २० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बुटिफिका सन् २०१३ देखि अस्वस्थ छन् ।
आफु विरुद्ध प्रदर्शन चर्किएपछि अघिल्लो महिना मात्रै उनले अब आफु चुनावमा नउठ्ने बताएका थिए ।
तर चुनाव घोषणा गर्न भईरहेको अलमललाई भने प्रदर्शनकारीहरुले नयाँ षड्यन्त्रको रुपमा लिएका छन् ।-एजेन्सी
प्रतिक्रिया दिनुहोस्