२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


गुडिरहेको बसमा यात्रा गरिरहेका युवकको टाउको रोकिराखेको ट्रकमा ठोक्किएपछि मृत्यु


0
Shares

रसुवा, मंसिर ६ । मोटरको ठक्करबाट सोमबार रसुवामा एक व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा डाँडागाउँ गाविस वडा नम्बर–९ घर भइ हाल भूकम्पबाट विस्थापितहरुलाई राखिएको लहरेपौवामा बस्दै आएका ३० वर्षीय आइतराम तामाङ रहेका छन् ।

कालिकास्थानमा रोकिराखेको मोटरमा टाउको ठोक्किएपछि घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोटमा पुर्‍याइएको थियो ।

अस्पताल ल्याइपुर्‍याउनुअघि नै तामाङको मृत्यु भइसकेको अस्पतालका डा. राजु शाक्यले बताए ।

पासाङल्हामु समितिबाट सन्चालित बा४ख ५८८८ नम्बरको बसबाट यात्रा गरिरहेका तामाङको टाउको साँघुरो बाटोमा पार्किङ गरिरहेको अर्को कन्टेनर ट्रकमा ठोक्किएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस