Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘मंसिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’


0
Shares

                                                                                    फाइल फोटो

काठमाडौं, मंसिर ६ । सरकारले मंसिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराए ।

उनले गरिबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया सुरु गरिसकिएको जानकारी गराउँदै भने–‘सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषदबाट परिचयपत्र बाँड्ने निर्णय गर्छौं ।’

गरिब परिवारको पहिचान गर्न पहिलो चरणमा सरकारले जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बाजुरा र बझाङ जिल्लामा गइ सर्वेक्षण गरेको थियो ।

यसैगरी, गोरखा, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तुमा पनि सर्वेक्षण गरिएको थियो ।

बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो ।

मन्त्री थानीले ती जिल्लामा गइ परिचयपत्र वितरण गरिने बताउँदै ‘ती पहिचान गरिएका गरिबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने छ’–भने ।

उनले चालु आर्थिक वर्षमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम सुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताए । रासस