
काठमाडौं, मंसिर ६ । भूकम्पपछि थाइल्यान्डको बैंकक सरेको शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रले फेरि काठमाडौंबाट आफ्नो कार्य थाल्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र निःशस्त्रीकरणका लागि राष्ट्रसंघीय उच्चायुक्त किम वोन सुले सोमबार ललितपुरस्थित राष्ट्रसंघको कार्यालयमा राखिएको केन्द्रको बोर्डको उद्घाटन गरे ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा. महतले काठमाडौंमा पुनःस्थापित भएको शान्ति र निःशस्त्रीकरण केन्द्रको सफलताले नेपाललाईमात्रै होइन पुरै क्षेत्र नै लाभान्वित हुने धारणा व्यक्त गरे ।
निःशस्त्रीकरणका लागि राष्ट्रसंघीय उच्चायुक्त किम वोन सुले भूकम्पपछि बैंकक सरेको यो केन्द्र पुनः काठमाडौंमा स्थापित भएकोमा खुसी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्