Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


भेनेजुयलामा गोप्य रुपमा रुसी सैनिकलाई प्रवेश गराएको अमेरिकाको आरोप


0
Shares

काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राखेका हुन् ।

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई बताएको उल्लेख गरिएको छ ।

विदेशमन्त्री पोम्पेओले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लाई अबैधानिक भन्दै रुसी सैनिक अधिकारीको प्रवेशले अन्तरिम राष्ट्रपति हुँवा गुएइदोका समर्थकलाई खतरा बढाएको बताएका छन् ।

गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाएका छन् ।

अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन् ।

अमेरिकाले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दैआएको छ ।(एजेन्सी)