
भक्तपुर, मंसिर ६ । भक्तपुरको गठ्ठाघरमा बा१ज ९५३६ नम्बरको माइक्रोबसले सोमबार बा२ज १५४७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीचालकको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्सीचालक भीमेश्वर नगरपालिका–३ दोलखाका ३३ वर्षीय दिनेश केसीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका प्रमुख वसन्त खातीले जानकारी दिए ।
दुर्घटनामा परेर माइक्रोबसमा सवार ८ जना घाइते भएकामा चारजना उपचारपछि घर फर्केको र अरु चारजनाको नागरिक अस्पताल गठ्ठाघर र मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ ।
माइक्रोबसचालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्