२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने


0
Shares

पाँचथर, मंसिर ७ । बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो ।

अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने सामग्रीहरु आन्तरिक ओसार–पसार गर्न रोक लगाइने भएको छ ।

जिल्लामा सञ्चालित कुखुरा फार्मको जिल्ला पशु सेवा कार्यालयले नियमित अनुगमन गर्ने, अनुगमनका क्रममा कुखुरा फार्म सम्बन्धित निकायमा दर्ता नभएको भए १५ दिनभित्र दर्ता गर्न लगाउने निर्णय भएको कार्यालय प्रमुख डाक्टर मोगल शाहले जानकारी दिए ।

बर्डफुलु रोग नियन्त्रणसम्बन्धी सूचना स्थानीय एफएमहरुबाट प्रशारण गर्ने, रोगबाट कुखुराको मृत्यु भएमा प्रक्रिया पूरा गरेको खण्डमा मात्रै क्षतिपूर्ति दिने निर्णयसमेत बैठकले गरेको छ ।

दुई वर्षअघि पाँचथरको फाक्तेपमा बर्डफ्लुको संक्रमण फैलिएर ठूलो क्षति भएको थियो ।