
काठमाडौं, मंसिर ७ । काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन् ।
बिहान ६ बजे बा ८ च ४८१४ नम्बरको बोलेरो जिपले ठक्कर दिदा अन्दाजी ५५ वर्षीया अन्जना थापाको मृत्यु भएको हो ।
बलेरोको ठक्करबाट गम्भीर घाईते भएकी थापाको उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा मृत्यु भएको हो । उनको ठेगाना भने खुल्न नसकेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका सिन्धुपाल्चोक लिसङ्गखुका २६ वर्षीय सान बहादुर लामाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बलेरोले पेप्सीकोला नजिकैका दुईवटा पसललाई पनि ठक्कर दिएको बताइएको छ । ठक्कर दिने बोलेरोसहित चालकलाई भने स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्