
दैलेख, मंसिर ७ । दैलेखमा ज्वालामालिका गाउँपालिकाको माग गर्दै मालिका, गौरी र कालभैरव गाविसका स्थानीयबासीले यातायात बन्द गरेका छन् ।
स्थानीय तह पुनःसंरचना प्राविधिक समितिलगायत जिल्लाका राजनीतिक दलहरुले स्थानीय परामर्श कार्यशालाबिना नै पुनःसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी र कालभैरवका गाविसबासीले मंगलबारदेखि विभिन्न दबाबमूलक कार्यक्रम गरेका हुन् ।
उनीहरुले दैलेख–सुर्खेत सडकखन्डको माथिल्लो डुंगेश्वरमा मंगलबार बिहानैदेखि यातायात बन्द गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्