
काठमाडौं, मंसिर ७ । ईमेज च्यानलले सुरु गर्न लागेको ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन यहि मंसिर १० र ११ गते काठमाडौंमा हुने भएकोे छ ।
ईमेज च्यानलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मध्यमाञ्चल अडिसनबारे जानकारी दिएको हो ।
सो प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले आवेदन फारम भरी अडिसनमा सहभागी हुनसक्ने छन् ।
यसअघि, पोखरामा पश्चिमाञ्चल र धरानमा पूर्वाञ्चल अडिसन सम्पन्न भइसकेको छ । पोखराबाट २५ र धरान अडिसनबाट २० जनालाई छनोट गरिएको छ ।
ईमेज लोक कलाकारका विजतालाई एक लाख रुपैयाँ नगदसहित एउटा गीतको अडियो–भिडियोसमेत निर्माण गर्ने अवसर दिइने छ ।
उत्कृष्ट पाँचजनाको छनोट भइसकेपछि ‘पब्लिक च्वाइस’मार्फत् विजेता छनोट गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्