Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘थ्रेसहोल्डको प्रावधान राख्न आवश्यक छैन’


0
Shares

काठमाडौं, मंसिर ७ । राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि परेका संशोधन प्रस्तावहरुको छलफल मंगलबार सकिएको छ ।

राज्य व्यवस्था समितिमा मंगलबार भएको छलफलका क्रममा सांसदहरुले ‘खसेको सदर मतको ५ प्रतिशत मत ल्याउने दललाईमात्र मान्यता दिने र समानुपातिक प्रणालीअन्तर्गत् संसद सदस्य छान्न पाइने छ भन्ने बुँदा थप्नुपर्ने’ बताए ।

सांसदहरु सीपी मैनाली, प्रेमबहादुर सिंहलगायतले संविधान र विधानमै नभएको थ्रेसहोल्ड (न्यूनतम् मत संख्या)को प्रावधान राख्न आवश्यक नभएको तर्क गरे ।

छलफलमा सहभागी गृहमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक पद्दतिमा दलहरुको आवश्यक्ता र भूमिका सधैं भइरहनेमा सरकार सचेत रहेको बताए ।

यस्तै, सांसदहरु अष्टलक्ष्मी शाक्य, अनुराधा थापामगरलगायतले राजनीतिक दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्नेमा जोड दिएका थिए ।

Skip This