दाङ, मंसिर ७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान निर्माणका क्रममा मधेसी दललाई उपेक्षा गर्दा मुलुक संकटमा फसेको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले मंगलबार तुलसीपुरमा गरेको कार्यक्रममा नेता कोइरालाले अब संविधान कार्यान्वयनमा नेकपा एमालेलाई उपेक्षा गरे झन् ठूलो नोक्सानी हुने बताए ।
उनले मधेसका जायज माग सम्बोधन गरी संविधान कार्यान्वयनमा एमालेलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
नेता कोइरालाले अंगीकृत नागरिकता भएका व्यक्तिले राज्यका मुख्य संवेदनशील पद धारण गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले राजनीतिक संक्रमणको फाइदा लिन पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्