
वासिंटन, मंसिर ८ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी सरकारले ईरानलाई एक सयभन्दा बढी विमान बिक्री गर्नका लागि विमान निर्माता कम्पनी एयरबसलाई अनुमति दिएको छ ।
फ्रान्सस्थित विमान निर्माता कम्पनी एयरबसले अमेरिकाबाट ईरानलाई विमान बिक्रीका लागि अनुमति पाएको पुष्टि गरेको छ । एयरबसले विमान बिक्रीका लागि अमेरिकाको अनुमति लिनु पर्दछ । किनकि विमानको १० प्रतिशत हिस्सा अमेरिकामा निर्माण हुने गर्दछ ।
यद्यपि कम्पनीले कति संख्यामा विमान बिक्रीका लागि अनुमति पाएको हो भन्ने खुलाएको छैन । अधिकारीहरुका अनुसार यो संख्या एक सयभन्दा बढी नै रहेको छ ।
ईरानमाथिको प्रतिबन्ध हटाइएका कारण विमान बिक्रीका लागि एयरबसले अनुमति पाएको हो । ईरानले परमाणु कार्यक्रम सीमित गर्ने प्रतिबद्धता जनाएसँगै अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो तुल्याइएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्