Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधनले देशमा द्वन्द्व निम्त्याउँछ: उपेन्द्र यादव


0
Shares

सप्तरी, मंसिर ८ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधनबारे भइरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सप्तरीको राजविराजमा पत्रकारहरुसँग उनले आफूले दलहरुबीच भईरहेको छलफलबारे सञ्चारमाध्यमबाटै जानकारी पाएको बताए ।

आफुहरुको माग सम्बोधन नहुने गरी हुने संविधान संशोधनले देशमा द्वन्द्व निम्त्याउने उनको टिप्पणी छ ।

मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन नगरी संशोधनका लागि मात्र संविधान संशोधन प्रस्ताव ल्याइनु निरर्थक हुने उनको भनाइ छ ।

Skip This