काठमाडौं, मंसिर ८ । दुई राप्रपाबीच पार्टी एकीकरणपछि आज राजधानीमा केन्द्रिय कार्य समितिको पहिलो बैठक सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले स्थानीय तहमा एकीकरणसम्बन्धी चार बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रस्तावमा दुबै पक्षको बराबरी संख्या हुने गरी जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा कार्य समिति गठन गर्ने उल्लेख छ ।
यस्तै आगामी मंसिर २५ भित्र सबै तहका कार्यसमितिहरुको पुर्नगठन गरिसक्ने प्रस्ताव गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्