२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


म्यानचेस्टर सिटी नकआउट चरणमा, बार्सिलोना आफ्नो समूहको शीर्ष स्थानमा


0
Shares

काठमाडौं, मंसिर ९ । इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्मनीको बोरुसिया एम्ब्याचसँग १-१ गोलको बराबरी खेल्दै म्यानचेस्टर सिटीले अर्को चरणमा ठाउँ सुरक्षित गरेको हो ।

यही समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले स्कटल्याण्डको सेल्टिकलाई २-० ले हरायो । बार्सिलोनाका लागि दुबै गोल लियोनल मेस्सीले गरे । यो जितपछि बार्सिलोनाले समूह सी मा शीर्ष स्थान पक्का गरेको छ । ५ खेलबाट उसको १२ अंक भएको छ । ८ अंकको साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको अर्को खेलमा रुसको एफ.सी रुस्तोभले जर्मनीको बायर्न म्युनिखलाई ३-२ ले हराएको छ । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले नेदरल्याण्ड्सको पि.एस.भि आईन्डोभनलाई २-० ले हरायो ।

यो समूहबाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा प्रवेश गरिसकेका छन् । यसैगरी समूह एका दुबै खेल बराबरीमा सकिएका छन् । इङ्लिश क्लब आर्सनलले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीसँग २-२ गोलको बराबरी खेल्दा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्ड र स्विट्जरल्याण्डको एफसी बाजलले गोलरहित बराबरी खेलेका छन् ।

यो समूहबाट पिएसजी र आर्सनल नक आउट चरणमा पुगिसकेका छन् । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह बीका खेलहरुमा टर्कीको बेसिक्तास र पोर्चुगलको बेनिफिकाले ३-३ गोलको बराबरी खेल्दा ईटालीको नापोली र युक्रेनको डाईनामो किभले गोलरहित बराबरी खेलेका छन् ।