
भरतपुर । भरतपुर आँखा अस्पतालमा शुरु गरिएको आँखाको नानी प्रत्यारोपण प्रभावकारी बन्दै गएको छ ।
अस्पतालबाट ५५ जनाले आँखाको नानी प्रत्यारोपण गरेका छन् । गएको ९ महिनाको अवधिमा ५५ जनाले आँखाको नानी प्रत्यारोपण गरेका छन् ।
भरतपुर निवासी भीमराज पाठकको सहयोगमा अस्पताल परिसरमै आँखाको नानी संकलन केन्द्र स्थापना गरेपछि बिरामीहरुलाई सहज भएको छ ।
आँखा दान गर्नको लागि हालसम्म २ सय ५२ जनाले फर्म भरेर परिचयपत्र लिइसकेको अस्पतालले जनाएको छ ।
फर्म भरेकामध्ये चार जनाको भने विभिन्न कारणले मृत्यु भएकाले उनीहरुको आँखा प्रयोगमा आइसकेको अस्पतालकी सहायक म्यानेजर छायाँ श्रेष्ठले जानकारी दिए ।
अहिले भरतपुरको संकलन केन्द्रमा जम्मा हुने आँखाको नानीलाई सुरक्षित राख्न काठमाडौँस्थित तिलगंगा आँखा अस्पताल पठाउने गरिएको छ ।
आँखा दान गरेका मानिसको मृत्यु भएमा मृत्यु भएको ६ घण्टाभित्र निकाल्न सके बढी उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्