चितवन, मंसिर ९ । चितवनमा नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
नारायणगढमा आज पत्रकार सम्मेलन गरी महासंघले आगामी पुस २ देखि ४ गतेसम्म महाधिवेशन गर्ने जानकारी दिइएको हो ।
महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिव ५ सय ५० जनाको सहभागिता रहने जनाइएको छ ।
महाधिवेशनले १९ जना सचिवालय सदस्य र १ सय २९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्