
काठमाडौं, मंसिर ९ । बरिष्ठ कलाकार किरण मानन्धरले आफ्ना पुत्र सागर मानन्धरसँग मिलेर संयुक्त चित्रकला प्रदर्शनी गरेका छन् ।
नेपाल आर्ट काउन्सिल बबरमहलमा आजदेखि सुरु भएको प्रदर्शनीको नेपालका लागि जर्मन राजदूत मथियस मेयरले उदघाट्न गरे ।
प्रदर्शनीमा कलाकार किरण मानन्धरका १८ वटा र सागर मानन्धर ४३ वटा तैलीय चित्रकला राखिएका छन् ।
किरणका दुनुगः या स्वापु शिर्षकमा र सागरका भैरब शिर्षकका चित्रकलाको प्रर्दशनी २ हप्तासम्म चल्ने छ ।
कार्यक्रममा किरणका चित्रकला हेरेर बरिष्ठ कवियत्री प्रतिसरा सायमीले कविता सिर्जना गरी सुनाएकी थिइन् ।
बाबु–छोराको चित्रकला प्रदर्शनी दोस्रोे पटक भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्