Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु


0
Shares

काठमाडौं, मंसिर १० । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान चलाइने गरेको छ । अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले लैंगिक हिंसारहित समाज निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छन् ।

लैंगिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा एक सन्देश जारी गर्दै यो दिवसले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्ने र महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छन् ।

Skip This