रोल्पा, मंसिर १० । रोल्पालाई ५ नम्बर प्रदेशबाट टुक्र्याउने गरी सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न लागेको भन्दै आज पनि रोल्पामा प्रदर्शन भएको छ ।
रोल्पाका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा सरकारी तयारीको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सताले खोलाबाट सुरु भएको विद्यार्थीहरुको विरोध र्याली पिपलचौतारा बजार हुँदै टुंडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले युवा तथा विद्यार्थी सडकमा उत्रिसकेकाले रोल्पाको राजनीतिक नेतृत्वलाई खुट्टा नकमाउन आग्रह गरेका थिए ।
यसअघि रोल्पालीहरुले संघर्ष समिति नै बनाएर दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्