Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भारतको संविधानबाट नेपालले धेरै कुरा सिक्न सक्छ: कानूनमन्त्री


0
Shares

काठमाडौं, मंसिर १० । कानूनमन्त्री अजय शंकर नायकले भारतको संविधानबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।

भारतको संविधान दिवस एवं डा. भीमराव रामजी अम्बेडकरको १२५ औं जन्म दिवसको अवसरमा भारतीय दूताबासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भारतको संविधान निर्माणमा विशेष योगदान दिएका डा. अम्बेडकरको सामाजिक न्यायको चिन्तन भारतको लागि मात्र नभई पुरै विश्वको लागि अनुकरणीय रहेको बताए ।

कार्यक्रममा भारतीय राजदूत रणजीत रायले जनताले स्वामित्व लिएको संविधान मात्रै सफल र दीर्घकालिन हुनेमा जोड दिए ।

कार्यक्रममा डा. निश्चलनाथ पाण्डे, प्राध्यापक सूर्य ढुंगेललगायतले डा. अम्बेडकरले भारतको संविधान निर्माणमा दिएको योगदानको चर्चा गरेका थिए ।

Skip This