
काठमाडौं, मंसिर १० । महिला एसिया कप ट्वेन्टी ट्वेन्टी क्रिकेट शनिबारदेखि थाइल्याण्डको बैंककमा हुँदैछ ।
छ टोली सहभागी प्रतियोगितामा नेपाल र थाइल्याण्डबाहेक बाँकी चार राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी मान्यताप्राप्त हुन् ।
यसलाई आधार बनाउने हो भने नेपाललाई खेल्न निकै कठिन हुनेछ । तर सिक्नका लागि भने नेपालको यो सबैभन्दा ठूलो अवसर हो ।
सिंगल राउण्ड रविनका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टीमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
उद्घाटन खेलमा शनिबार बिहान पौने ९ बजे भारत र बंगलादेश खेल्दैछन् । त्यस्तै नेपालले दिउँसो पौने १ बजे पाकिस्तानसंग खेल्दैछ ।
विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै एसिया कप खेल्ने अवसर पाएको नेपालले निरन्तर अभ्यास गरिरहेकाले पनि सकारात्मक परिणामको अपेक्षा गरेको छ ।
प्रशिक्षक राजु बस्न्यातले टिम सन्तुलित भएकाले आशा गर्ने ठाउँ रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्