काठमाडौं, मंसिर ११ । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले प्रदेश सिमांकनमा समेत हेरफेर गर्ने गरी संविधान संशोधन गर्नु संविधान विपरित हुने बताएका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले संविधानको धारा २७४ को उपधारा चारमा प्रदेश सभाले मात्र सिमांकनमा हेरफेर गर्न सक्ने स्पष्ट खुलाइएको भन्दै त्यस विपरित हुने गरी संशोधन गर्न नमिल्ने बताए ।
यस्तै, कार्यक्रममा काँग्रेस नेतृ पुष्पा भुसालले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी आउने कुनै पनि प्रस्ताव मान्य नहुने स्पष्ट पारे ।
राप्रपाका नेता दिलनाथ गिरीले प्रतिपक्ष र आन्दोलनरत दलहरुलाई सहमतिमा नलिई संविधान संशोधन प्रस्ताव दर्ता गर्नुको औचित्य नभएको बताए ।
संघीय सद्भावना पार्टीका नेता अनिल झाले सरकारले संविधान संशोधन प्रस्ताव दर्तामा ढिलाई गरे आन्दोलनमा जाने चेतावनी दिए ।









प्रतिक्रिया दिनुहोस्