काठमाडौं, मंसिर ११ । सभामुख ओनसरी घर्तीले राजनीतिक गतिरोधको निकासका लागि दलहरु मिल्नुको विकल्प नभएको बताएकी छिन् ।
रुसको भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन र कार्यान्वयन लगायतका विषयमा दलहरू साझा धारणा बनाएर अघि वढ्नेमा आशावादी रहेको बताइन् ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै समितिमा पठाइने उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्