बारा, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरुको आदेशमा सरकारले संविधान संशोधनको तयारी गरेको आरोप लगाएका छन् ।
शनिबार बारामा एमाले निजगढ नगर कमिटिको अधिवेशन उद्घाटन गर्दैै उनले अहिले संविधान संशोधन नभई कार्यान्वयन र निर्वाचनको तयारी प्रमुख विषय भएको बताए ।
उनले बलजफ्ती संविधान संशोधन प्रक्रिया अगाडी वढाइए एमालेले सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिए ।









प्रतिक्रिया दिनुहोस्