काठमाडौं, मंसिर १२ । राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत चयन भएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष थापालाई संसदीय दलको नेतामा चयन गरेको हो ।
पार्टी एकीकरणपछि राप्रपाले संसदीय दलको नयाँ नेता चयन गरेको हो । संसदीय दलको बैठकमा सांसद दीपक बोहराले थापाको नाम प्रस्ताव गरेपछि अन्य सांसदहरुले समर्थन जनाएका हुन् ।
त्यसैगरी उपनेतामा दीपक बोहरा चुनिएका छन् ।
बोहराको नाम अध्यक्ष थापाले प्रस्ताव गरेका थिए । बोहरालाई पनि उपनेतामा सर्वसम्मत चयन गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्