काठमाडौं, चैत ११ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार सामान्य हरियो रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले सकारात्मक रहेर ११ सय ३८ अंक कायम भयो ।
उत्पादनमूलक, अन्य, जलविद्युत् र वित्त समूहबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से पनि सकारात्मक रहन गएको हो ।
जीवनबिमा समूह सबैभन्दा उच्च ५० अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहमा पनि ४२ अंकको सुधार आयो । विकास बैंक समूह पनि दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकलेमात्र हरियो रहेका हुन् । उत्पादनमूलक समूहमा भने २३ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका ९ लाख ३० हजार बराबर कित्ता सेयर २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
रिले अनशन सुरु
यता, नेप्सेमा केही समयअघि आगमरण अनशनमा बसेको सेयर लगानीकर्ताको दबाब समूहले सोमबारदेखि पुनः रिले अनशन सुरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्