फाइल फोटो
काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण नेकपा माओवादी केन्द्रको सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ ।
संविधान संशोधन विषयलगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष व्यस्त भएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री सो कार्यक्रमलगत्तै अन्य आन्तरिक काममा व्यस्त भएकाले बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको उनले जानकारी दिइन् ।
बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सन्चालन तथा सरकारको काम–कारबाहीकाबारेमा छलफल गर्ने कार्यसूची रहेको छ । रासस









प्रतिक्रिया दिनुहोस्