Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुदूरपश्चिम प्रदेशप्रमुख मल्ल ‘डिस्चार्ज’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत ११ । सुदूरपश्चिम प्रदेशप्रमुख मोहनराज मल्ल झन्डै तीन साता लामो उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा १८ दिनको उपचारपछि प्रदेशप्रमुख मल्ल डिस्चार्ज भएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।

आइतबार अस्पतालबाट डिस्चार्ज भएका प्रदेशप्रमुख मल्ल मंगलबार काठमाडौं फर्कनेछन् । अहिले उनी दिल्लीमा आराम गरिरहेका छन् ।

छातीमा संक्रमणपछि गम्भीररुपमा बिरामी भएका मल्ललाई धनगढीमा उपचार हुन नसकेपछि तीन साताअघि काठमाडौं लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई दिल्ली लगिएको हो ।

मेदान्त अस्पतालमा उपचारपछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाइएको छ ।