लमजुङ, मंसिर १४ । लमजुङ सदरमुकामनजिकै गाउँसहरको भीरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।
बेसीसहर बजार बस्दै आएका रोल्पा, गाम–७ का सन्देश बुढामगरको मृत्यु भएको हो ।
सोमबार बेसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँनजिकै रहेको भीरमा मृतावस्थामा फेलापारिएको प्रहरीले जनाएको छ ।
उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए ।
बिहान खाना खाएर विद्यालय हिँडे पनि उनी विद्यालयमा भने नपुगेको विद्यालयले जनाएको छ ।
विद्यालय छलेर जंगलमा लुक्नेक्रममा भीरबाट लडेको अनुमान गरिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्