Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शून्य समयमा हात्तीआतंकदेखि चियानघाटमा भारतीय सेना बसेकोसम्म


0
Shares

                                                                                फाइल फोटो
काठमाडौं, मंसिर १४ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय निकायको संख्या र सीमाको पुनःसंरचना गर्दा स्थानीय समुदायका मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

उनीहरुले भूकम्प गएको लामो समय बितिसक्दा पनि वास्तविक भूकम्पपीडितले आवास निर्माण गर्न राहत नपाएको, कोसी वन्यजन्तु क्षेत्रमा हात्तीआतंक बढेको र कन्चनपुरको महाकाली नदीको चियानघाटमा भारतीय सेना बसेकामा सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले विदेशी वस्तुभन्दा घरेलु उत्पादनका वस्तु प्रयोगमा ध्यान दिन, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सफल बनाउन र काठमाडौं उपत्यकाको सडक विस्तार गर्दा खानेपानी, ढल र सडकबत्तीको समन्वयात्मकरुपमा काम गर्न सरकारलाई सुझाव दिए ।

यसरी धारणा राख्ने अनुराधा थापामगर, अशोककुमार मण्डल, कलोसादेवी महरा, कान्ता भट्टराई, कुमारीलक्ष्मी राई, केदारप्रसाद सञ्जेल, केशरी घर्ती मगर र कमलप्रसाद पंगेनी थिए । रासस

 

Skip This