फाइल फोटो
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, मंसिर १४ । शान्ति तथा पुनःनिर्माणमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टी गुट–उपगुटमा फसेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
पाँचथरको फिदिममा मंगलबार पार्टी कार्यकर्तासँगको भेटमा यादवले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन शीर्ष नेताहरुलाई सुझाव दिइन् ।
उनले महाधिवेशन भएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन गर्न ढिलाइ हुनु दुःखद् भएको बताइन् ।
उनले रकम अभाव भएकाले द्वन्द्वपीडितलाई राहत दिन नसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न आफूले प्रधानमन्त्री तथा अर्थ मन्त्रालयसँग माग गरेको जानकारी पनि दिइन् ।









प्रतिक्रिया दिनुहोस्