Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘उपेन्द्र यादवलगायत मधेसी नेताहरु संविधान संशोधनमा सकारात्मक’


0
Shares

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा मधेसी मोर्चासँग छलफल भएकोबारेमा आफ्नो पार्टीका पदाधिकारीहरुलाई जानकारी दिएका छन् ।

माओवादी केन्द्रको मंगलबार बसेको पोलिटब्युरो बैठकमा दाहालले उपेन्द्र यादवलगायत मधेसी मोर्चाका नेताहरु संविधान संशोधनको विषयमा सकारात्मक भएको जानकारी दिएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा संविधान संशोधनमा मधेसी मोर्चाले सहयोग गर्ने र नतिजा जे भएपनि चुनावमा जाने प्रतिबद्धता जनाएको जानकारी दिएका थिए ।

Skip This