Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एमालेको सहमतिबिना संविधान संशोधनको प्रयास गरे प्रतिवाद गर्छौं : खनाल


0
Shares

                                                                                 फाइल फोटो
सिमरा, मंसिर १४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताए ।

वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिँदै एमालेको सहमतिबिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताए ।

संविधान संशोधनमा सत्तारुढ दलले पुनर्विचार गर्नुपर्ने बताउँदै उनले भने–‘एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन ।’ रासस

Skip This