Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन विधेयक दर्ता


0
Shares

काठमाडौं, मंसिर १५ । सरकारले संविधान संशोधनसम्बन्धी विधेयक सिंहदरबारस्थित व्यवस्थापिका–संसद सचिवालयमा मंगलबार साँझ दर्ता गरेको छ ।

मन्त्रिपरिषदको बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् ।

कानुनमन्त्री अजय शंकर नायकद्वारा हस्ताक्षरित पत्रसहित विधेयकको प्रस्ताव आएको हो ।

नेपालको संविधानको धारा २९६ बमोजिम सो विधेयकको प्रस्ताव आएको हो ।

सचिवालयका शाखा अधिकृत त्रिविक्रम पराजुलीले विधेयक दर्ता गर्दै सो विधेयक परिपक्व हुन पाँच दिन लाग्ने व्यवस्था रहेको बताए ।

सो विधेयकको दर्ता नम्बर–२८ रहेको छ । रासस

Skip This