
काठमाडौं, मंसिर १५ । भारतको सर्वोच्च अदालतले फिल्म हलहरुमा फिल्म सुरु गर्नु अघि राष्ट्रिय गीत अनिवार्य बजाउनु पर्ने निर्देशन जारी गरेको छ ।
अदालतले राष्ट्रिय गीत बजाउदै पर्दामा राष्ट्रिय झण्डा देखाउन पनि अनिवार्य गरेको छ । यो नियम १० दिन भित्र लागु हुने र राष्ट्रिय गीत बज्दा दर्शकहरु उठ्नु पर्ने न्यायाधीशहरुले बताएका छन् ।
भारतमा ६० र ७० को दशकमा फिल्म हलहरुमा राष्ट्रिय गीत बजाउनु पर्ने नियम रहेपनि विस्तारै यसको पालना हटदै गएको थियो ।
भारतका सबै राज्यमा राष्ट्रिय गीतका सम्बन्धमा एउटै नियम भने छैन । २९ राज्यहरु सबैले आ आफ्नो नियम रहेको छ ।
अदालतको निर्देशनलाई लिएर सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा विचारहरु व्यक्त भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्