Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पाल्पामा पनि आन्दोलन सुरु, रोल्पामा मोटरसाइकल र्‍याली


0
Shares

पाल्पा, मंसिर १५ । पाल्पामा संविधान संशोधनको बिरोधमा आन्दोलन सुरु भएको छ । पाल्पामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारी, विभिन्न दलका भातृ संघ संगठन, लगायतको सहभागितामा आज तानसेनमा विरोध र्‍याली निकालेका छन् ।

कुनै पनि हालतमा ५ नम्वर प्रदेशलाई टुक्रिन नदिने भन्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषण गरेका छन् ।

सरकारमा सहभागी दल नेपाली कांग्रेस र राप्रपा समेत आन्दोलनमा सक्रिय रहेका छन । व्यापारीहरु आफ्ना उद्योग, व्यबसाय, व्यापार बन्द गरेर विरोध ¥यालीमा सहभागी भएका छन ।

सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिए सम्म निरन्तर आन्दोलनमा उत्रिने पाल्पालीहरुले बताएका छन ।

उता, संविधान संशोधनको बिरोध गर्दै रोल्पामा बुधबार मोटरसाइकल र्‍याली गरिएको छ । सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा हाल्ने गरी प्रस्ताव दर्ता गरेको विरोधमा रोल्पालीहरु निकै आक्रोशीत बनेका छन् ।

लिबाङको टुंडिखेलबाट सुरु भएको र्‍याली रेउघा पुगेर पुनः टुडिखेलमा आएको थियो । कोण सभामा बोल्ने जिल्लाका नेताहरुले सरकारले आफूहरुको मागलाई वेवास्ता गरे कडा सघर्षमा उत्रने चेतावनी दिएका छन् ।

 

Skip This